🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

डाँका र ज्यान मार्ने उद्योगमा फरार खिलबहादुर तामाङ दश वर्षपछि पक्राउ

काठमाडौँ, ९ चैत : नेपाल प्रहरीले डाँका र ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई १० वर्षपछि पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान टेकुको प्रहरी टोलीले सो उद्योगमा दोलखा जिल्ला अदालतबाट २०७४ साल पुसमा १० वर्ष कैद र एक लाख १८९ रुपैयाँ जरिवाना गरेपछि फरार रहेका दोलखा शैलुङ गाउँपालिका–४ घर भई हाल काठमाडौँ गोकर्णेश्वर बस्ने ४० वर्षीय खिलबहादुर तामाङलाई आज पक्राउ गरेको हो ।

प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले फरार रहेका तामाङलाई काठमाडौँको बौद्धबाट पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ तामाङलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरी उपरीक्षक भट्टले बताउनुभयो ।

नाबालिकाको चरित्रहत्या गरेको आरोपमा पक्राउ

नेपाल प्रहरीले सामाजिक सञ्जालमा नाबालिकाको चरित्रहत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले नाबालिकाको अन्तरङ्ग तस्बिर तथा भिडियो टेलिग्राम एकाउन्टबाट प्रसारण गरेको आरोपमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ का २२ वर्षीय अशोक लामालाई आज पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले पक्राउ लामालाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *