🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

सेना–प्रहरी संयुक्त तालिम, विपद् प्रतिकार्य सशक्त बनाउँदै

काठमाडौँँ, ९ चैत : समुदायसँगको सहकार्यमा विपद् व्यवस्थापन तथा प्रतिकार्यलाई थप प्रभावकारी बनाउन नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी तथा नगर प्रहरीलाई प्रशिक्षण दिइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीको विपद् प्रतिकार्य तथा तालिम केन्द्रको प्राविधिक व्यवस्थापनमा चार दिने प्रशिक्षण दिइएको हो । समुदायसँगको सहकार्यमा सुरक्षा निकायको एकीकृत पहलले मात्रै विपद् व्यवस्थापन प्रभावकारी हुने उद्देश्यका साथ प्रशिक्षण आयोजना गरिएको प्राधिकरणले जनाएको छ ।

यही चैत ६ गतेदेखि सुरु भई आज सम्पन्न प्रशिक्षणमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका आठ–आठ जनाका दरले २४ जना र ललितपुर महानगरपालिकाका दुई जना नगर प्रहरी गरी २६ जनालाई प्रशिक्षण दिइएको प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषकुमार भट्टराईले यस प्रकारको प्रशिक्षणले खोज तथा उद्धार क्षमता वृद्धि गर्नुका साथै प्रतिकार्य गर्दा सुरक्षा निकायबीच एकरुपता बढाउन पनि मद्दत मिल्ने धारणा व्यक्त गर्नुभयो । —

Leave a Reply

Your email address will not be published. Required fields are marked *