🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

सौता पीडित सैनिककी श्रीमती ममता न्यायको खोजीमा

सौता पीडित सैनिककी श्रीमती ममता न्यायको खोजीमा

श्रीमान सम्पादकज्यू,
साँघु साप्ताहिक
नमस्कार ।
म एकजना सैनिककी धर्मपत्नी ममता बम अधिकारी हुँ। नेपाली सेना कल्याणकारी निर्देशनालयमा कार्यरत लेखा सु.क. मधु अधिकारीकी जेठी आधिकारिक श्रीमती हुँ । सम्बन्धित संस्था नेपाली सेनाबाट समयमै न्याय नपाएपछि आज म आफ्नो पीडा, अन्याय र न्यायको खोजीको कथा तपाईंको प्रतिष्ठित पत्रिका साँघु साप्ताहिकमार्फत सार्वजनिक गर्न बाध्य भएकी छु ।

संपादकज्यू, मेरो श्रीमान मधु अधिकारीले कानून र नेपाली सेनाको नियम, नीति, अनुशासन विपरीत दोस्रो विवाह गरेको विषय, त्यसबाट उत्पन्न भएको पारिवारिक अन्याय तथा म र मेरा दुई छोराको गाँसबास र भविष्यसँग जोडिएको समस्याबारे आवश्यक छानबिन गरिदिनु भनी मैले नेपाल सरकारद्वारा सञ्चालित ‘हेलो सरकार’ मार्फत निवेदन दिएकी थिएँ । उक्त निवेदनपछि रक्षा मन्त्रालय हुँदै प्रधान सेनापतिको कार्यालयमार्फत सैनिक शिकायत निर्देशनालयमा पत्राचार भएको तथ्य यहाँ प्रस्तुत गरेकी छु ।

त्यसपछि सो सैनिक शिकायत निर्देशनालयले मलाई, मेरो जेठो छोरालाई र मधु अधिकारीलाई बोलाएर सोधपुछ गरेको थियो । सो क्रममा मेरापतिको मोबाइल समेत सैनिक शिकायत निर्देशनालयले नियन्त्रणमा लिएर अनुसन्धान गरेको भन्ने जानकारी मलाई प्राप्त भएको थियो । तर, त्यसयता उक्त विषयमा के कस्तो अनुसन्धान भइरहेको छ भन्नेबारे सैनिक शिकायत निर्देशनालयले म सौता पीडितलाई लामो समय बित्दा पनि कुनै आधिकारिक जानकारी दिइएको छैन ।

उल्टै मेरापति मधु अधिकारीबाट नियन्त्रणमा लिइएको मोबाइल समेत निजले फिर्ता पाएको भन्ने जानकारी प्राप्त भएपछि अनुसन्धानको अवस्थाबारे थप अन्यौल उत्पन्न भएको छ ।

म र मेरा दुई छोराको वर्तमान तथा भविष्यसँग प्रत्यक्ष जोडिएको यस्तो गम्भीर विषयमा नेपाली सेना, सैनिक शिकायत निर्देशनालयले मधु अधिकारी र निजस“ग बसिरहेको भनिएकी मेरी सौता कान्छी श्रीमती रेश्माको भूमिकाबारेमा नेपाली सेनाले तत्कालै निष्पक्ष छानबिन गरेर हामी पीडित परिवारले न्याय पाउनका लागि भिख मागिरहेका छौं । सैनिक कर्मचारी मधु अधिकारी हाल उनै कान्छी श्रीमतीसँगै बसिरहेको भन्ने जानकारी उनका आफन्तहरूबाट समेत पाउँदै आएका छौं ।

श्रीमान प्रधान सेनापतिज्यू, एकजना सैनिक पीडित पत्नी र दुई सन्तानको गाँसबास र भविष्यसँग जोडिएको यो विषयलाई नेपाली सेना जस्तो फलामे अनुशासन भएको संस्थाले हल्का रूपमा लिन मिल्दैन होला भन्ने हामीलाई विश्वास छ । मेरो जीवन, मेरो सन्तानको भविष्य र हाम्रो पारिवारिक अधिकारमाथि मेरापति मधुबाटै खेलवाड भइरहेको छ । गुनासो पोख्नका लागि मसँग नेपाली सेना र यही साँघु पत्रिका बाहेक अन्यत्र जाने कुनै माध्यम छैन ।

त्यसैले तपाईंको प्रतिष्ठित पत्रिका साँघु साप्ताहिकमार्फत यो विषय सार्वजनिक गरी सम्बन्धित निकायलाई झकझक्याउन सहयोग गरिदिनुहुनेछ भन्ने ठूलो आशा राखेकी छु । यस विषयसँग सम्बन्धित विस्तृत विवरण तथा प्रमाणहरू समेत मैले संलग्न गरी पठाएकी छु । कृपया गम्भीरतापूर्वक अध्ययन गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु । धन्यवाद ।

निवेदक
पति र सौता पीडित
ममता बम अधिकारी
सम्पर्क नं.: ९७६८७९९४३४

(तस्बिर : लेखा सु. क.मधु अधिकारी र कान्छी श्रीमती भनिएकी रेश्मा क्षेत्री ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *