🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

साहित्य सन्ध्या के भन्छ-जीवनशैली बिग्रँदै जाँदा स्वास्थ्य संकट गहिरिँदै, समाधान प्रकृतिमैत्री बानीमा

काठमाडौं, २०८२ चैत ७ ।आधुनिक जीवनशैलीकै कारण मानव स्वास्थ्य गम्भीर जोखिममा परेको निष्कर्षसहित ‘जीवनशैली र मानवस्वास्थ्य’ विषयमा साहित्य सन्ध्याको ४७३औँ शृङ्खला सम्पन्न भएको छ। प्रकृतिको प्रतिकूलताका कारण कार्यक्रम गुगल मिटमार्फत आयोजना गरिएको थियो।

सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता तथा उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रा. श्रीराम पाण्डेले प्रमुख वक्ताका रूपमा जीवनशैलीजन्य रोगको बढ्दो चुनौतीबारे विस्तृत चर्चा गर्नुभयो। कार्यक्रममा विभिन्न साहित्यकार र बौद्धिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

अहमको प्रदर्शन, रिस राख्ने वा प्रतिशोध साँध्ने प्रवृत्तिको विरोध आजको एक मात्र छन्द कविताले गरेको छ । आज परिचर्चा गरिएको ‘मानव स्वास्थ्य र जीवनशैली’ विषयसँग मेल खाने ‘अभिव्यक्ति नै मनशान्तिको अस्त्र हो’

प्रा. पाण्डेका अनुसार पछिल्लो समय मानिसको मानसिक सक्रियता बढ्दै जाँदा शारीरिक गतिविधि घटेको छ। यसै कारण मधुमेह, उच्च रक्तचाप, मुटुरोगजस्ता नसर्ने रोग तीव्र रूपमा फैलिरहेका छन्। “यो स्वास्थ्य संकट कुनै आकस्मिक घटना होइन, बदलिँदो जीवनशैलीको प्रत्यक्ष परिणाम हो,” उनले बताए।

उहाँले औषधिले रोगलाई अस्थायी रूपमा दबाउने मात्र काम गर्ने उल्लेख गर्दै दीर्घकालीन समाधानका लागि जीवनशैली परिवर्तन अपरिहार्य रहेको स्पष्ट पार्नुभयो। शाकाहारी तथा प्राकृतिक आहार, स्थानीय र मौसमी फलफूलको प्रयोग, प्रशोधित खानाबाट दूरी, नियमित व्यायाम र योगलाई स्वस्थ जीवनका आधारका रूपमा उनले औँल्याए।

कार्यक्रममा मानसिक स्वास्थ्यलाई पनि उत्तिकै प्राथमिकता दिइयो। तनावले मानिसको निद्रा, व्यवहार र दैनिक कार्यक्षमतामा प्रत्यक्ष असर गर्ने भएकाले यसको व्यवस्थापन अत्यावश्यक रहेको पाण्डेको भनाइ थियो। उनले अहंकार त्याग, सकारात्मक सोच, सिर्जनात्मक अभिव्यक्ति र योग अभ्यासलाई तनाव नियन्त्रणका प्रभावकारी उपायका रूपमा प्रस्तुत गरे।

समारोहमा महेशराज खरेल, विन्दु अधिकारी ढकाल, ओमप्रसाद कोइराला, गोपाल नेपाल, डा.भागवत आचार्य, डम्बर पहाडी एलाक, प्रशान्त खरेल, कृष्ण बाउसे, विधान आचार्य, जयन्ती स्पन्दन, नर्मदेश्वरी सत्याल, बेनीबहादुर थापा, प्रा.श्रीराम पाण्डे, राम विनय, कुमार नेपाललगायतले आआफ्ना कविता, गीत, गजल, मुक्तक वाचन गरेका थिए ।

खुम्चिुनु र साँघुरिनु स्वभाविकता भए पनि अस्तित्वरक्षा प्रमुख कुरा भएको, वर्तमान राजनीतिका प्रति निर्मम समीक्षा गरिएका कवितासमेत वाचित भएका छन् । देखिएका विचलनमा रूपान्तरण आवश्यक छ र अबका दिनमा के गर्नु आवश्यक छ भन्ने दिशानिर्देश पनि कवितामा गरिएको छ ।

अहमको प्रदर्शन, रिस राख्ने वा प्रतिशोध साँध्ने प्रवृत्तिको विरोध आजको एक मात्र छन्द कविताले गरेको छ । आज परिचर्चा गरिएको ‘मानव स्वास्थ्य र जीवनशैली’ विषयसँग मेल खाने ‘अभिव्यक्ति नै मनशान्तिको अस्त्र हो’ भन्ने भावका अधिकांश कविता आज वाचित भएका छन् । वर्तमानका प्रतिको सहमति, असहमति र भविष्यको आशा आजका कविताको समग्र सन्देश हो त्यसैले आजको यो विशेष समारोह अत्यन्त सार्थक रहेको छ ।

कार्यक्रमअन्तर्गत आयोजित विशेष कविगोष्ठीमा सहभागी स्रष्टाहरूले कविता, गीत, गजल र मुक्तकमार्फत समसामयिक राजनीति, सामाजिक विकृति र परिवर्तनको आवश्यकता उजागर गरेका थिए। वाचित रचनामाथि टिप्पणी गर्दै समीक्षक ज्ञानु विद्रोहीले आजका सिर्जनाहरू समयको यथार्थ चित्रण गर्ने खालका रहेको बताए।

सन्ध्याका अध्यक्ष राम विनयले साहित्यलाई सामाजिक रूपान्तरणको माध्यम भएको उल्लेख गर्दै स्रष्टाहरूलाई सत्य र न्यायका पक्षमा उभिन आग्रह गर्नुभयो। उनले पछिल्लो समय नयाँ स्रष्टाको सहभागिता घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे।

प्रविधिमैत्री माध्यमबाट सम्पन्न भए पनि कार्यक्रमले जीवनशैली र स्वास्थ्यबीचको सम्बन्धबारे गम्भीर बहस सिर्जना गरेको सहभागीहरूको भनाइ छ।

निष्कर्ष

कार्यक्रमले स्पष्ट सन्देश दिएको छ-स्वास्थ्यको संकट अस्पतालमा होइन, दैनिक जीवनशैलीमै लुकेको छ। त्यसैले दीर्घकालीन समाधानका लागि प्रकृतिमैत्री बानी र सन्तुलित जीवनशैली अपरिहार्य देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *