🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

शव बोकेको डाइनेस्टी एयरको हेलिकोप्टर खोटाङमा अवतरणका क्रममा दुर्घटनाग्रस्त

काठमाडौं, २०८२ चैत ४ । काठमाडौंबाट शव बोकेर खोटाङ गएको डाइनेस्टी एयरको हेलिकोप्टर आज दिउँसो करिब १२ बजेतिर अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको छ। एयर डाइनेष्टी ९एन–एएफक्यू बेलबासेमा दुर्घटना भएको हो ।

प्राप्त जानकारीअनुसार हेलिकोप्टर खोटाङकाे केपिलास गढी-२ मा शव पुर्‍याउने क्रममा स्थानीय क्षेत्रमा अवतरण गर्न खोज्दा दुर्घटनामा परेको हो। हेलिकोप्टर जमिनमा अवतरण गर्ने क्रममा सन्तुलन गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मी तत्काल उद्धार तथा अवस्थाबारे जानकारी लिन घटनास्थलतर्फ पुगेका छन्।

हेलिकोप्टरले काठमाडौंबाट मृतकको शव बोकेर खोटाङ लगेको बताइएको छ। दुर्घटना अवतरणकै क्रममा भएकाले हेलिकोप्टरमा क्षति पुगेको जनाइएको छ। यद्यपि दुर्घटनामा मानवीय क्षति भए/नभएको विषयमा भने आधिकारिक विवरण आउन बाँकी रहेको छ। उद्धार टाेली घटनास्थलमा पुगिसकेकाे खबर छ ।

घटनापछि सम्बन्धित निकायले दुर्घटनाको कारणबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ। मौसम, भू–सतहको अवस्था वा प्राविधिक कारणमध्ये कुन पक्षले दुर्घटना निम्त्यायो भन्ने विषय खुल्न सकेको छैन।

स्थानीय तह, प्रहरी र सम्बन्धित उड्डयन निकायले घटनाबारे थप विवरण संकलन गरिरहेका छन्। घटनासम्बन्धी आधिकारिक जानकारी सार्वजनिक भएपछि थप तथ्य खुल्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *