काठमाडौँ, १३ चैतः रास्वपाकी सांसद सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त हुनुभएको छ । वादी समुदायबाट मन्त्री बन्ने उहाँ पहिलो महिला हुनुहुन्छ।

सुर्खेतको वीरेन्द्रनगर–१४ स्थायी घर भई हाल काठमाडौँमा बसोबास गर्दै आएकी वादी सामाजिक संस्थामार्फत महिला सशक्तिकरण र सिलाइकटाइ तालिमका काममा सक्रिय रहँदै आउनुभएको थियो। उहाँले विशेषगरी वादी र दलित समुदायका महिलाको अवस्था अझै पीडादायी रहेको बताउँदै परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ। समाजसेवा (बिएसडब्लु, Master of Social Work) अध्ययन पूरा गर्नुभएकी वादीले शिक्षा नै चेतनाको मुख्य आधार रहेको बताउनुभयो ।
आर्थिक अभाव, सामाजिक अपहेलना र संघर्षपूर्ण बाल्यकाल पार गर्दै समाजसेवामा स्नातक तहसम्म अध्ययन पूरा गर्नुभएकी वादीले शिक्षा र आत्मसम्मानको लडाइँलाई आफ्नो जीवनको मुख्य आधार बनाउँदै राजनीतिमा प्रवेश गर्नुभएको हो।




