🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

वनमन्त्री चौधरीद्वारा वन क्षेत्रका चार ठूला निर्णय

काठमाडौँ, १९ चैत : वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले आज वनसम्बन्धी चारवटा मन्त्रीस्तरीय निर्णय गर्नुभएको छ ।

उहाँले काठ तथा वन पैदावार व्यवस्थापनलाई ‘डिजिटल’ प्रणालीमार्फत व्यवस्थित गर्ने, सरकारी तथा सार्वजनिक भवन निर्माणमा स्वदेशी काठ प्रयोगलाई प्राथमिकता दिने, चितवनमा कृष्णसार स्थानान्तरण गर्ने र वातावरणीय सेवा प्रदान गर्दा प्राप्त हुने गैरकरका दरमा समसामायिक परिवर्तन गर्ने निर्णय गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

वन मन्त्रालयअन्तर्गतका विभाग तथा कार्यालयबाट प्रदान गरिने सेवासुविधालगायत वातावरणीय सेवा प्रदान गर्दा प्राप्त हुने गैरकरका दरमा समसामयिक परिवर्तन गर्ने गरी परियोजनाका लागि सहमति पठाउने निर्णय गर्नुभएको हो ।

नेपालमा उत्पादन भएका काठ तथा वन पैदावार सङ्कलन, अभिलेख तथा व्यवस्थापनलाई डिजिटल प्रणालीमार्फत व्यवस्थित गर्ने मन्त्री चौधरीले निर्णय गरी यसको जिम्मेवारी वन तथा भू–संरक्षण विभागलाई प्रदान गरिएको छ । सो निर्णयअनुसार देशभरका सम्बन्धित सबै वन कार्यालयले अब वन पैदावारको सङ्कलन तथा अभिलेख डिजिटल माध्यमबाट राख्ने व्यवस्था लागू गर्नेछन् । यसले वनजन्य स्रोतको पारदर्शिता, अनुगमन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने बताइएको छ ।

सरकारी तथा सार्वजनिक भवन निर्माणमा स्वदेशी काठ प्रयोगलाई प्राथमिकता दिन यसै आर्थिक वर्षभित्र आवश्यक मापदण्ड तयार गरिने र आगामी आर्थिक वर्षदेखि कार्यान्वयन गरिने मन्त्री चौधरीले बताउनुभएको छ । —

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *