काठमाडौं । पछिल्ला दिनमा चुनावको अंकगणितमा केही रोचक दृश्यहरु देखिन थालेको छ । अहिले रास्वपालाई पहिलो शक्ति बनाउन खेल बाहिरबाट पनि भइरहेको चर्चा पनि हुने गरेको छ । त्यो चर्चा अनुसार रास्वपा पहिलो दल बन्ने संभावना भएपनि ठूलो शक्ति बन्न नसक्ने भन्दै उसलाई साथ दिएका शक्ति केन्द्रहरु चिन्तित देखिन थालेको पनि सुनिन्छ । एमालेलाई सबैभन्दा बढी प्रहार गर्न खोजिएको छ ।
एमालेको संगठनलाई कमजोर बनाएपछि उक्त मतहरु रास्वपालाई आउने वा एमाले कमजोर भए रास्वपा बलियो शक्ति बन्ने शक्ति केन्द्रहरुको आंकलन थियो । तर, पछिल्ला दिनमा रास्वपाको रफ्तारमा ब्रेक लागेको र उस्तै परेमा रास्वपाका नेताहरु नै विवादमा पर्ने र पार्टी छोड्न थालेपछि थप नकारात्मक असर परेको आंकलन हु“दैछ । त्यसैले, अबको चुनावमा रास्वपाको अपेक्षित मत आउने देखिएको छैन ।
२०८२ फागुन ८ गते दा¨मा एमाले झण्डा जलाएको काण्डपछि प्रत्यक्षमा त ३५ भन्दा कम सिटमै रास्वपा खुम्चिने संभावना बढेको छ । त्यसबाहेक पहिला रास्वपाले जितेको स्थानमा अहिले जित्ने संभावना कम रहेको पनि सर्भेहरुले देखाएका छन् । त्यसले गर्दा रास्वपा पनि क्रेज घटेकोमा चिन्ता व्यक्त गरिरहेको छ । स्रोतका अनुसार, रास्वपाले ३० लाख बढीमा भोट ल्याउने अनुमान भइरहेको छ । त्यस्तो अवस्थामा पनि केही रास्वपामा पहिलो दल बन्न नै गारो देखिएको पनि स्रोतहरुको भनाइ छ ।
स्रोतका अनुसार, रास्वपा दोस्रो वा तेस्रो दल नै बन्ने संभावना रहेको छ । कांग्रेस र एमालेवीच पहिलो दलमा प्रतिस्पर्धा हुन सक्ने केही सर्भेले पनि देखााएका छन् । उनीहरुले प्रत्यक्षमा सिट बढाउने तर समानुपातिकमा मत घटाउने अवस्था हु“दा पनि रास्वपाले अधिक मत ल्याउने संभावना देखिएको छैन । रास्वपाको सभामा देखिएको उभार सबै मतमा परिवर्तन नहुने र अधिकांश भोटर लिस्टमा नाम नभएकाहरु नै भएको भन्दै विश्लेषणहरु पनि देखिएको छ । त्यसैले, अहिलेको अवस्थामा रास्वपा क्रेज घटन थालेकोले चुनावको विषयमा प्रश्न उठाउन थालेको छ ।
अहिलेसम्म रास्वपाको बढीमा ७५ सिट पुग्ने अनुमान गरिएको छ । हालैको एक सर्भेले उक्त संख्या देखाएको हो । चर्चा अनुसार, केही विदेशी दूतावासहरुले गरेको अध्ययन र सुरक्षा निकायको विश्लेषणले पनि रास्वपाले ७०–७५ सिट नकटाउने अवस्था देखिएको बताइएको छ । पछिल्ला दिनमा बालेन शाह र रवि लामिछाने समेतको पनि क्रेज घट्ने क्रममा रहेकाले उनीहरु पनि तनावमा रहेका छन् । पहिला जितेका क्षेत्रहरु ललितपुर, काठमाडौं र तनहु“मै रास्वपालाई अहिले तनाव भइरहेको पनि ती सर्भेमा देखिएको छ ।




