काठमाडौँ, २१ चैतः मदिरा पिएर सडकमा सवारी साधन हुँइक्याइरहेका नौ जना चालक कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले २०८२ चैत २१ गते बिहान यहाँका विभिन्न स्थानमा गरेको आकस्मिक परीक्षणका क्रममा उनीहरू पक्राउ परेका हुन् ।
उक्त कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार सार्वजनिक यातायातका सवारी साधनका चालक पक्राउ परेका हुन् । उहाँले रासससँग भन्नुभयो, “हामीले बिहान उपत्यकाका विभिन्न स्थानमा विशेष अभियानअन्तर्गत सप्राइज चेकिङ गरेका थियौँ । सार्वजनिक यातायातका साधनका नौ जना चालकलाई मादक पदार्थ सेवन गरेको सवारी हाँकेको अभियोगमा नियन्त्रणमा लिएका छौँ ।”




