🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

भारतमा हिरासत हत्या प्रकरण : ९ प्रहरीलाई मृ त्युदण्ड

 

काठमाडौँ । भारतमा कोभिड–१९ महामारीका बेला हिरासतमा रहेका दुई जनाको हत्या गरेको आरोपमा नौ जना प्रहरीलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) का अनुसार तमिलनाडुको मदुराईस्थित अदालतले व्यापारी जयराज र उनका छोरा बेनिक्सको हिरासतमा भएको मृत्यु प्रकरणमा प्रहरी अधिकारीहरूलाई दोषी ठहर गरेको हो।

उनीहरूलाई लकडाउन उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको थियो। अनुसन्धानमा हिरासतमा क्रूर यातना दिएर हत्या गरिएको निष्कर्ष निकालिएको छ।

घटनापछि तमिलनाडु सरकारले मुद्दा सीबीआईलाई दिएको थियो। सीबीआईले ५० भन्दा बढी साक्षीको बयानका आधारमा अभियुक्तहरूलाई हत्या तथा प्रमाण नष्ट गरेको अभियोगमा दोषी प्रमाणित गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *