नेपालगंज, २०८२ चैत १२ गते । भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका फलफूल तथा कुखुरा प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगंज उपमहानगरपालिका–१५ जमुनाह नाकाबाट भन्सार छलि गरी ल्याइएको केरा अन्दाजी रु २६,२५० बराबर बरामद गरिएको हो। उक्त फलफूललाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगंज पठाइएको प्रहरीले जनाएको छ।
यसैगरी, सोही दिन बाँकेको जानकी गाउँपालिका–१ साईगाउँ क्षेत्रमा भारतबाट अवैध रूपमा ल्याइएको ब्रोइलर कुखुरा १० वटा र १५ केजी मासु समेत नियन्त्रणमा लिइएको छ। बरामद कुखुरा तथा मासु पशु क्वारेन्टाइन कार्यालय नेपालगंजमा बुझाइएको छ।
प्रहरीले सीमाक्षेत्र हुँदै हुने अवैध आयात तथा तस्करी नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई कडाइ गरिएको जनाएको छ।




