🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

बालेनको शपथ समारोहमा पूर्वप्रधानमन्त्री केपी ओली अनुपस्थित

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको शपथ ग्रहण समारोहमा एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् ।

पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई प्रधानमन्त्री बालेनको शपथ ग्रहण समारोहमा सहभागी भए पनि ओली अनुपस्थित भएका हुन् ।

पिता मोहनप्रसादको निधनपछि सेतो वस्त्रमा रहेका ओलीले आफू शपथ समारोहमा उपस्थित हुन नसक्ने जानकारी राष्ट्रपतिको सचिवालयलाई गराएका थिए ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि विदेशमा रहेका कारण समारोहमा उपस्थित भएनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *