कास्की । पोखरा महानगरपालिका–१७ ढ्यामसाइडस्थित एक घरमा जुवा खेल्दै गरेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २०८२ चैत ७ गते राति करिब ११:३० बजे वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले छापा मार्दा उनीहरूलाई नगदसहित पक्राउ गरिएको हो।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट नगद ३ लाख ४६ हजार १ सय रुपैयाँ र १० बुक तास बरामद गरेको जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूमाथि जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरअन्तर्गत म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।




