काठमाडौँ । संयुक्त राष्ट्र संघको आव्हानमा Central African Republic मा सञ्चालन भइरहेको United Nations Multidimensional Integrated Stabilization Mission in the Central African Republic (MINUSCA) अन्तर्गत तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ।

नेपाली सेनाका अनुसार कालीबहादुर गण (शान्ति सेना) आठौँ डफ्फा र सैनिक प्रहरी युनिट एघारौँ डफ्फाका १७९ जना शान्ति सैनिकहरूको पहिलो टोली २०८२ चैत १२ गते मिसन क्षेत्रमा प्रस्थान गरेको छ। उनीहरूले रिपुमर्दन गण सातौँ डफ्फा र सैनिक प्रहरी युनिट दशौँ डफ्फालाई प्रतिस्थापन गर्नेछन्।
यसअघि सोही मिसनमा कार्यकाल पूरा गरेका २११ जना नेपाली शान्ति सैनिकहरू २०८२ चैत ११ गते स्वदेश फर्किएका थिए। हाल उक्त मिसनमा नेपाली सेनाका ११०७ जना शान्ति सैनिकहरू कार्यरत छन्।




