बाँके । अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन् तथा ढुवानीमा संलग्न चार वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार २०८२ चैत ९ र १० गते कोहलपुर नगरपालिका क्षेत्रका विभिन्न स्थानमा सञ्चालन गरिएको अनुगमनका क्रममा जेसीबी १, टिप्पर २ र ट्र्याक्टर १ गरी जम्मा ४ वटा सवारी साधन नियन्त्रणमा लिइएको हो।
प्रहरीले अवैध उत्खनन तथा ढुवानी कार्यमा संलग्न ती सवारी साधनलाई आवश्यक कारबाहीका लागि कोहलपुर नगरपालिका कार्यपालिका कार्यालयमा बुझाएको जनाएको छ।
नदीजन्य स्रोतको अनियमित दोहन नियन्त्रण गर्न यस्ता गतिविधिविरुद्ध निगरानी कडाइ गरिने प्रहरीले जनाएको छ।




