काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र तिलगंगा आँखा प्रतिष्ठानबीच आर्थिक रुपमा कमजोर, ज्येष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकको मोतिबिन्दु पहिचान गरी निःशुल्क शल्यक्रिया गर्ने सम्बन्धी समझदारी भएको छ।
मंगलबार कमलादीस्थित बैंकको कर्पोरेट कार्यालयमा आयोजित समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा. डा. सन्दुक रुइटको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर गरिएको हो। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले हस्ताक्षर गरे।
समझदारीअनुसार ग्लोबल आइएमई बैंकको वित्तीय सहयोगमा तिलगंगा आँखा प्रतिष्ठानले का सात स्थानमा विपन्न तथा ज्येष्ठ नागरिकको निःशुल्क मोतिबिन्दु पहिचान र शल्यक्रिया गर्नेछ। साथै आर्थिक रुपमा कमजोर विद्यार्थीको आँखा परीक्षण गरी आसातै प्रदेशवश्यकताअनुसार निःशुल्क चस्मा वितरण पनि गरिनेछ।
कार्यक्रममा अध्यक्ष ढकालले बैंकले नाफाको एक हिस्सा समाजलाई फिर्ता गर्ने परम्परालाई निरन्तरता दिँदै आएको बताए। प्रा. डा. रुइतले सहकार्यलाई पारदर्शी र दिगो ढंगले अघि बढाइने बताए भने प्रमुख कार्यकारी अधिकृत रेग्मीले यस साझेदारीलाई आगामी दिनमा थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।




