🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

काठमाडौं उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै

 

काठमाडौं । आज घोडेजात्रा पर्व मनाइँदै छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन काठमाडौं उपत्यकामा घोडेजात्रा मनाउने गरिएकाे छ ।

नेपाली सेनाबाट आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिनेछ ।

टुँडिखेलको पूर्व–दक्षिण दिशामा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेपछि घोडाको टापले कुल्चिने परम्पराका रुपमा घोडे जात्रा मनाउने गरिएको विश्वास छ ।

आजकै दिन ललितपुरमा पनि एउटा घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *