🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

करिब १७१ किलो गाँजासहित २० वर्षीय अक्कल प्रसाद स्याङतान पक्राउ

 

काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका-९ खरङगा हरियाली सामुदायिक जङ्गलको भित्री बाटोबाट करिब १७१ किलो गाँजासहित एकजना प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले मिति २०८२ चैत १० गते मंगलबार बिहान लागू औषध गाँजा करिब १७१ किलो २१ ग्रामसहित राक्सिराङ गाउँपालिका-४ सितताक बस्ने २० वर्षीय अक्कल प्रसाद स्याङतानलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मनहरिबाट खटिएको प्रहरीले भाबरबाट मनहरितर्फ आउँदै गरेको बा.१३ च २०१४ नम्बरको गाडीलाई जाँच गर्दा २७ वटा प्याकेटमा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक अक्कल प्रसादलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *