🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

सेवामा सशस्त्र प्रहरी : बाल संरक्षण गृहमा सहयोग, खाना, नाना- स्नेह बाँडियाे

कैलाली । सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ वाहिनी मुख्यालय कैलालीले आफ्नो २५ औँ स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत बालबालिकाहरूका लागि सहयोग कार्यक्रम सम्पन्न गरेको छ।

चैत २० गते धनगढी उपमहानगरपालिका–४, एल.एन. चोकस्थित नेपाल बाल संगठन अन्तर्गतको बाल संरक्षण गृहमा आयोजित कार्यक्रममा अन्दाजी ३०/३५ जना बालबालिकाहरूलाई खाद्यान्न सामग्री वितरण गर्नुका साथै दिवा खाना खुवाइएको हो।

वाहिनीका पदाधिकारी तथा जवानहरूको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा चामल, दाल, तरकारीलगायत दैनिक उपभोग्य सामग्रीहरू वितरण गरिएको थियो। साथै बालबालिकाहरूलाई पौष्टिक दिवा भोजनको व्यवस्था गरी उनीहरूसँग आत्मीयता साटासाट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

कार्यक्रमको उद्देश्य स्थापना दिवसलाई औपचारिकतामा मात्र सीमित नराखी सामाजिक सेवासँग जोड्दै आवश्यकतामा रहेका बालबालिकाहरूलाई सहयोग पुर्‍याउनु रहेको जनाइएको छ। सहभागीहरूले यस्ता कार्यक्रमले बालबालिकामा सकारात्मक ऊर्जा र आत्मविश्वास बढाउने विश्वास व्यक्त गरेका छन्।

सशस्त्र प्रहरी बलले आफ्नो स्थापना दिवसका अवसरमा देशका विभिन्न स्थानमा सामाजिक तथा मानवीय सेवा सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *