🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

मुम्बई जाइकालाई जरिवाना, १२ वटा फर्मलाई सुधारात्मक निर्देशन

 

काठमाडौँ, ९ चैत : नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार एक फर्मलाई जरिवाना गरेको छ ।

स्थलगत निरीक्षण तथा अनुमगनका क्रममा कैफियत भेटिएपछि विभागले काठमाडौँ महानगरपालिका–२२ सुन्धारास्थित मुम्बई जाइकालाई रु १० हजार जरिवाना गरेको हो । विभागले मिति २०८२ चैत ८ गते आइतबार विभिन्न १३ वटा फर्ममा निरीक्षण गरेको थियो । सो फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरिएको विभागले जनाएको छ ।

तीमध्ये १२ वटा फर्मलाई सुधारात्मक निर्देशन दिएको छ । विभागले स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा अन्य सरोकारवालाको उपस्थितिमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *