🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

बर्दघाटमा बस–ट्रक ठोक्किँदा हताहती, नेपाली सेनाद्वारा उद्धार

बर्दघाट, चैत १४ गते। महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट–४ स्थित घिउखोलामा मालवाहक ट्रक र यात्रुवाहक बस एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा मृतक तथा घाइतेहरूको नेपाली सेनाको गोरखदल गणबाट उद्धार गरिएको छ।

दुर्घटनापछि नेपाली सेनाको गोरखदल गणबाट खटिएको फौज, अन्य सुरक्षा निकाय तथा स्थानीयवासीले संयुक्त रूपमा उद्धार कार्य सञ्चालन गरेका हुन्। दुर्घटनालगत्तै घटनास्थलमा पुगेको उद्धार टोलीले बस र ट्रकमा फसेका यात्रुहरूलाई बाहिर निकाल्नुका साथै घाइतेहरूलाई उपचारका लागि नजिकका स्वास्थ्य संस्थामा पठाएको जनाएको छ।

स्थानीयवासीका अनुसार दुर्घटना निकै भीषण भएकाले केही समय राजमार्ग क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा उद्धार कार्य तीव्र रूपमा अघि बढाइएको थियो।

दुर्घटनामा कति जनाको मृत्यु भयो र कति जना घाइते भए भन्ने यकिन विवरण भने सार्वजनिक हुन बाँकी रहेको छ। घटनाबारे थप विवरण संकलन भइरहेको जनाइएको छ।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक रूपमा तीव्र गति, सडक अवस्थालगायत कारण दुर्घटनामा भूमिका हुन सक्ने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *