काठमाडौँ, ९ चैत : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही चैत १० गते मङ्गलबार बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज एक सूचना प्रकाशित गरी मङ्गलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन सानेपा ललितपुरमा बस्न लागेको जानकारी दिनुभयो । —




