• सोमबार-कार्तिक-५-२०८१

स्वर्ण पदक विजेता टोली प्रधानसेनापतिबाट सुशोभित

काठमाडाैं । संयुक्त अधिराज्य बेलायतमा सञ्चालन भएको 'Exercise Cambrian Patrol 2024' मा स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई प्रधानसेनापति महारथी अशोक राज सिग्देलबाट  २०८१ कार्तिक ०४ गते जङ्गी अड्डामा आयोजित एक विशेष कार्यक्रम बिच 'प्रधानसेनापति प्रशंसा निशान' प्रदान गरिएको छ ।

  स्वर्ण पदक विजेता सेनाको टोलीलाई प्रधानसेनापति प्रशंसा निशान' प्रदान(फाेटाे फिचर)


 नेपाली सेनाका अनुसार, अन्तर्राष्ट्रियस्तरको सैनिक प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याई नेपाल र नेपाली सेनाको छवि एवं गौरव बढाउन पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन स्वरूप प्रतियोगितामा सहभागी नौ जना प्रतियोगी र एक जना व्यवस्थापक सहित दश जना सकलदर्जालाई 'प्रधानसेनापति प्रशंसा निशान' द्वारा सम्मान गरिएको हो।


   २०८१ आश्विन १८ गतेबाट आश्विन २७ गतेसम्म मित्रराष्ट्र बेलायतको वेल्स, ब्रेकनमा संचालित उक्त अभ्यासमा ३७ राष्ट्रका १२१ वटा टोलीहरूको सहभागिता रहेको थियो । सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको 'Exercise Cambrian Patrol' मा नेपाली सेनाले सन् २०१४ बाट भाग लिँदै आइरहेको छ । उक्त प्रतियोगितामा नेपाली सेनाले सन् २०१७, २०१९ र २०२४ समेत ३ पटक स्वर्ण पदक प्राप्त गरेको छ ।


 साे सुशोभन कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिति रहेको थियो ।

 

प्रतिकृया दिनुहोस