• शनिबार-कार्तिक-३-२०८१

रास्वपा सभापति लामिछानेलाई पोखरा ल्याइयो, भोलि अदालतमा उपस्थित गराइने



गण्डकी, ३ कात्तिक : सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई पोखरा ल्याइएको छ ।

 

जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार काठमाडौँबाट पक्राउ पर्नुभएका लामिछानेलाई सडकमार्ग हुँर्द राति नै पोखरा ल्याइएको हो ।

 

लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको प्रहरीले जनाएको छ । आज सार्वजनिक बिदा परेका कारण लामिछानेलाई भोलि मात्रै अदालतमा उपस्थित गराइने जनाइएको छ ।
---

प्रतिकृया दिनुहोस