• बुधबार-असोज-३०-२०८१

इङ्ल्याण्ड पाकिस्तानसँग पहिलो इनिंगमा अझै १२७ रनले पछाडि

 

काठमाडौँ । पाकिस्तान र इङ्ल्याण्डबीचको दोस्रो टेस्टको दोस्रो दिन इङ्ल्याण्डले ६ विकेट गुमाउँदै २३९ रन बनाएको छ ।

 

दोस्रो दिनको खेल सकिदा अझै इङ्ल्याण्ड १२७ रनले पछाडि रहेको छ । इङ्ल्याण्डका लागि बेन डकेटले ११४ रनको शतकीय पारी खेलेका थिए भनेअन्य ब्याट्सम्यानले खासै योगदान गर्न सकेनन् । दोस्रो दिनको खेल सकिदा जामी स्मिथले १२ र ब्रिडन कार्सले २ रन बनाएर खेलिरहेका छन् ।

 

त्यसैगरी पाकिस्तानका बलर साजिद खानले ४ विकेट लिए भने नोमन अलीले २ विकेट लिए । यस अघि पाकिस्तानले आफ्नो पहिलो इनिंगमा डेभ्यु खेल खेलिरहेका कमरान घुलामको ११८ रन तथा सैम आयुबको ७७ रनको मद्धतले ३६६ रन बनाएको थियो ।

 

अब तेस्रो दिनको खेलमा इङ्ल्याण्डले आफ्नो पहिलो इनिंगलाई निरन्तरता दिने छ ।
           

 

 

प्रतिकृया दिनुहोस