• बुधबार-असोज-३०-२०८१

सरकारसँग लगभग दुई तिहाइ छ भन्ने हेक्का रहोस् - प्रधानमन्त्री ओली

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग लगभग दुई तिहाइ छ भन्ने हेक्का रहोस् भन्दै परिर्वतनको हल्ला गर्नेलाई चेतावनी दिएका छन् ।

 

प्रहरी दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले चेतावनी दिँदै दिनैपिच्छे सरकार परिर्वतन हुन्छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गर्दै सरकारसँग लगभग दुई तिहाइ रहेको बताएका हुन् ।

 

प्रधानमन्त्री ओलीले अब आफूले करिव एक वर्ष ९ महिना सरकारको नेतृत्व गर्ने बताउँदै त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने स्पष्ट गरे । प्रधानमन्त्री ओलीले भने- 'मैले पहिले नै भनिसकेको छु, आफैं फेरिन्छ यो सरकार । यो खरानीको डल्लो होइन, सरकारसँग लगभग दुई तिहाइको छ भन्ने सबैमा हेक्का रहोस् ।’ उनले देउवा नेतृत्वको सरकारले चुनाव गराउने भन्दै उनले ढुक्क रहन आग्रह गरे । 

 

प्रधानमन्त्री ओलीले नेपाल प्रहरीलाई सबल, सक्षम बनाउनेमा आफूहरुको ध्यान रहेको समेत बताएका छन् । उनले प्रहरीले शान्ति सुरक्षाका लागि खेलेको भूमिका प्रसंसनीय रहेको बताउँदै प्रहरीमा अहिलेपनि पर्याप्त सुबिधा र पूर्वाधारमा कमी रहेको आफूलाई जानकारी रहेको बताए ।  

 

 

प्रतिकृया दिनुहोस