• बुधबार-असोज-२३-२०८१

जोशी र सुनारको स्वरमा ‘आँशुभेल’ सार्वजनिक (म्युजिक भिडियोसहित) 


काठमाडौँ, २२ असोज : चर्चित गायिका रेखा जोशी र गायक रुपराज सुनारको स्वरमा मोडल तथा सर्जक पुष्पजङ्ग कुँवरले ‘आँशु भेल’ देउडा गीत बजारमा ल्याउनुभएको छ । 


वैदेशिक रोजगारीको पीडामा आधारित गीत श्रव्यदृश्यसहित आज ‘पुष्प जङ्ग कुवँर’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको सर्जक कुवँरले जानकारी दिनुभयो । महेन्द्र विकको शब्द तथा कृष्ण बाजुरलीको लय तथा सङ्गीत रहेको छ । यस्तै श्रव्यदृश्यमा सर्जक कुवँर र निरु बिष्टको मोडलिङ तथा दिनेश ठकुल्लाको निर्देशन रहेको छ ।

 
गीत मुख्य गरी वैदेशिक रोजगारीका क्रममा विदेशिएको श्रीमान् र स्वदेशमै रहेकी श्रीमतीको पीरव्यथा समेटिएको छ ।
---

 

म्युजिक भिडियो ः

 

प्रतिकृया दिनुहोस