काठमाडौँ । जारी आइसीसी महिला टी-२० क्रिकेट विश्वकप अन्तर्गत इङल्याण्डले दक्षिण अफ्रिकालाई पराजित गरेको छ । सोमबार राति सम्पन्न खेलमा इङल्याण्डले दक्षिण अफ्रिकालाई ७ विकेटले पराजित गरेको हो।
दक्षिण अफ्रीकाले दिएको १२५ रनको लक्ष्य पछाएको इङल्याण्डले १९.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि दक्षिण अफ्रीकाले पहिला ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १२४ रन बनाएको थियो।
योसँगै इङल्याण्डले लगातार दोस्रो जित हासिल गरेको छ र समूह बीमा २ खेलमा ४ अंक भएको छ । त्यस्तै, पहिलो खेलमा जित हासिल गरेको दक्षिण अफ्रिकाले दोस्रो खेलमा हार बेहोरेको छ
प्रतिकृया दिनुहोस