• मंगलबार-असोज-२२-२०८१

दुई अमेरिकी वैज्ञानिकलाई चिकित्साको नोबेल पुरस्कार प्रदान

 

काठमाडौँ । दुई अमेरिकी वैज्ञानिकलाई चिकित्साको नोबेल पुरस्कार २०२४ को विजेता घोषणा गरिएको छ।

 

सोमबार चिकित्सा र फिजियोलोजीको क्षेत्रमा नोबेल पुरस्कारको घोषणा गरिएको हो। सन् २०२४ को चिकित्साशास्त्रको नोबेल पुरस्कार भिक्टर एम्ब्रोस र ग्यारी रुभकुनलाई प्रदान गरिएको छ। दुवैले माइक्रो आरएनए (रिबोन्यूक्लियोक एसिड) को आविष्कारका लागि यो पुरस्कार प्राप्त गरेका हुन्।

 

माइक्रो आरएनएले शरीरमा कोशिकाहरू कसरी बनिन्छन् र काम गर्छन् भनेर बताउँछन्। दुवैले सन् १९९३ मा माइक्रो आरएनए पत्ता लगाएका थिए। मानव जीन डीएनए र आरएनए मिलेर बनेको हुन्छ। माइक्रो आरएनए आधारभूत आरएनएको भाग हो।

 

यो पछिल्लो ५०० मिलियन वर्षहरूमा बहु-सेलुलर जीवहरूको जीनोममा विकसित भएको छ। हालसम्म मानिसमा विभिन्न प्रकारका माइक्रो आरएनएका एक हजारभन्दा बढी जीन पत्ता लागेको छ।

 

अक्टोबर ७ देखि अक्टोबर १४ सम्म नोबेल पुरस्कार विज्ञान, अर्थशास्त्र, साहित्य र शान्ति जस्ता क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्तिलाई दिइनेछ।

 

आज भौतिकशास्त्रमा नोबेल पुरस्कारको घोषणा हुँदैछ। नोबेल पुरस्कारमा ११ लाख स्वीडिश क्रोनर नगद पुरस्कार दिइन्छ।


 

प्रतिकृया दिनुहोस