रिहा भएपछि दुर्गा प्रसाईंले भने- एक थोपा र गत हुन्जेल लड्छु
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छुटेका छन् ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासले प्रसाईलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि प्रसाईं मंगलबार साँझ रिहा भएका हुन् ।
प्रसाईंविरुद्ध सामाजिक सञ्जालमा एक महिलाको चरित्रहत्या गरेको आरोपमा एउटा मुद्दा दायर भएको छ बहने सामाजिक सञ्जालमार्फत चरित्रहत्यासँग सम्बन्धित अर्को मुद्दा पनि दर्ता भएको थियो ।
रिहा भएपछि प्रसाईंले आफू शरीरमा एक थोपा रगत हुन्जेल आम जनताको लडाइ लड्ने बताएका छन् । उनले आफूलाई वीर अस्पतालबाट जबर्जस्ती डिस्चार्ज गरिएको आरोप लगाउँदै आफूले नेपालकै ठूलो अस्पताल चलाइरहेको बताए ।

प्रतिकृया दिनुहोस