माओवादी केन्द्रको एसिया संगठन समितिद्वारा बाढीपीडितलाई पाँच लाख सहयोग
काठमाडौं,१४ असोज । नेकपा माओवादी केन्द्र एसिया संगठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख रुपैयाँ सहयोग गरेको छ । हिजो २०८१ असोज १३ गते आइतबार पार्टीको केन्द्रिय कार्यालयमा समितिका इञ्चार्ज पम्फा भुसाल र सहइञ्चार्ज ओम शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पाँच लाख रुपैयाँको चेक अध्यक्ष हस्तान्तरण गरेका हुन् ।
चेक अध्यक्ष हस्तान्तरण गर्ने कार्यक्रममा प्रवास समन्वय समितिको कार्यालयका मुख्य सचिव टिबी पाठकको समेत उपस्थिति थियो । चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले बाढीपहिरो पीडितका लागि सहयोगका गरेकोमा एसिया संगठन समितिलाई धन्यवाद दिए।
अध्यक्ष प्रचण्डले विपदको बेलामा प्रवासको पार्टी कमिटीले पनि योगदान गरेकोमा प्रशंसा गर्दै बाढीपहिरोको पछिल्लो घटनालगत्तै पार्टीले पहल लिएर देशब्यापीरुपमा उद्धार र पुनर्स्थापनामा कार्यकर्ता परिचालन गरिएको जानकारी दिए । साथै उनले पीडित जनताको पीडा र दुःखसँग हातेमालो गर्न पनि सबै नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।
त्यस्तै नेपाली कांग्रेसले पनि सरकारको दैवी प्रकोप कोषमा ५० लाख दिने निर्णय गरेको छ । असाेज १३ गते आइतबार बिहान सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकले सरकारको दैवी प्रकोप राहत कोषमा ५० लाख दिने निर्णय गरेको प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिए । असाेज १० गते बिहीबारदेखि परेको अविरल वर्षासँगैको बाढी पहिरोमा हालसम्म १४८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस