• सोमबार-पौष-१५-२०८१

बाढी पहिरोको कारण तरकारी ढुवानीमा समस्या : बढ्यो सबैजसो तरकारीको भाउ 

 

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारीको मूल्य सार्वजनिक गरेको छ । 

 

समितिका अनुसार आज सबैजसो तरकारीको मूल्यको भाउ बढेको छ । कालिमाटी बजारमा आज सानो गोलभेंडा किलोको ७५ रुपैयाँ किनबेच भइरहेको छ । टनेलको सानो गोलभेंडा आज गोलभेंडा आज किलोको ९० रुपैयाँ किनबेच भइरहेको छ । 


त्यस्तै, गाजर किलोको एक सय १० रुपैयाँबाट एक सय ९० रुपैयाँ पुगेको छ । बन्दा किलोको ६५ बाट ८५ रुपैयाँ पुगेको छ । काउली एक सय पाँच रुपैयाँबाट एक सय ४५ रुपैयाँ, बोडी ७५ बाट एक सय १० र तिते करेला किलोको ७५ बाट एक सय १० रुपैयाँ पुगेको छ । स्कुस किलोको १७ रुपैयाँबाट बढेर ५५ रुपैयाँ पुगेको छ ।


यस्तै तोरीको साग किलोको ४५ रुपैयाँबाट बढेर ९५ रुपैयाँ पुगेको छ । तरकारीसँगै फलफूलको भाउ पनि बढेको छ । लगातारको बर्षाले हिजो काठमाण्डौ उपत्यका र आसपासमा बाढी तथा पहिरो गएका कारण ढुवानीमा समस्या भइ भाउ बढेको हो ।
 

 

प्रतिकृया दिनुहोस