काठमाडौं । निओ रेमिट तथा युनाईटेड रेमिटबाट पठाएको वैदेशिक रेमिट्यान्स राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ७७ जिल्लामा रहेका २९४ वटा शाखा कार्यालयहरुबाट भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका तर्फबाट विभागीय प्रमुख ऋषिराम ढकाल र निओ मनि ट्रान्सफर प्रा.लि.(नियो रेमिट) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनालले हस्ताक्षर गरेका छन् भने युनाईटेड रेमिटका तर्फबाट सुदनसिंह सिलवालले हस्ताक्षर गरेका छन् ।
दूर दराजमा रहेका ग्राहकहरुले पनि यो सुबिधा प्राप्त गर्न सक्नेछन । साथै उक्त रेमिटबाट सोझै खातामा जम्मा हुने गरी पठाएको रकम पनि भुक्तानी प्राप्तकर्ताको खातामा जम्मा हुनेछ ।
हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २९४ शाखा कार्यालय, ३१२ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा, ७३ वटा एक्स्टेन्सन काउण्टर, त्तच् ऋयमभ सेवा, एइक ९एयष्लत या क्बभि० सेवा, ऋचभमष्त ऋबचम, म्भदष्त ऋबचम, ऋयललभअत क्ष्एक्, क्mबचत त्तच् त्भििभच (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ (डिजिटल संसार) तथा बिना ईन्टरनेट चल्ने ग्क्क्म् मोवाईल बैंकिङका सेवाहरु समेत सञ्चालनमा रहेका छन ।
प्रतिकृया दिनुहोस