• शुक्रबार-असोज-४-२०८१

भन्सार 'छ ली' ल्याएको लत्ताकपडासहित दुई भारतीय प क्राउ



बागमती, ३ असोज : आलुको बोरा मुनि लुकाइछिपाइ भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको ठूलो मूल्य बराबरको कपडासहित दुई जना भारतीय नागरिकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । 

 

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा सुनसरीबाट हेटौँडा हुँदै काठमाडाँै जाँदै गरेको बीआर ०५ जिडी १३४३ नम्बरको भारतीय ट्रकमा लोड गरिएको रु एक करोड ३५ लाख मूल्य बराबरको अवैध कपडासहित दुई जनालाई पक्राउ गरेको हो । 


 

पक्राउ पर्नेमा ट्रक चालक भारत विहार राज्य मोतिहारी जिल्ला तुकालिया पूर्वी चम्पारण सपही निवासी ३० वर्षीय जन्दार आलम र सहचालक सोही ठाउँका १९ वर्षीय मुना मियाँ रहेको प्रहरीले जनाएको छ । 


जाँचका क्रममा ट्रकमा तीन सय ४५ बोरा आलुको भन्सार बिल काटेर दुई ६४ बोरा मात्र आलु राखी त्यसको भित्री भागमा ७४ वटा बोरामा करिब रु एक करोड ३५ लाख मूल्य बराबरको विभिन्न किसिमका लत्ताकपडा लोड गरेको अवैध रुपमा लैजाँदै गरेको अवस्थामा उक्त ट्रकसहित चालक र सहचालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । 

 

बरामद भएको समान, ट्रक तथा चालक र सहचालकलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो । 
---

 

प्रतिकृया दिनुहोस