• शुक्रबार-असोज-४-२०८१

ठमेल नखः महोत्सव असोज ११ गते, यस्ता छन् महोत्सवका मुख्य आकर्षण



काठमाडौं । ठमेल पर्यटन विकास परिषद् र दि काठमाडौं पोस्टको सहकार्यमा ४४ औं विश्व पर्यटन दिवस–२०२४ को अवसरमा ठमेलमा ठमेल नखः महोत्सव हुने भएको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी विश्व पर्यटन दिवसको अवसरमा असोज ११ गते महोत्सवको आयोजना गर्न लागेको परिषद्ले जानकारी दिएको हो । 


संस्कृति, संगीत, कला र खानाको अतीय संयोजन रहने महोत्सव ठमेलको भावना र पर्यटनका लागि गतिशील हबको रूपमा विकास गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो । 


विज्ञप्तिमा लेखिएको छ,‘महोत्सवमा संस्कृति, संगीत, कला र खानाको अतीय संयोजन रहनेछ।ठमेलको भावना र पर्यटनका लागि गतिशील हबको रूपमा विकास गर्ने उद्देश्यले आयोजना गरिएको ठमेल नखः ले नेपालको सांस्कृतिक सम्पदाहरूका विविध अनुभवहरू प्रदान गर्ने एक अद्वितीय हुनेछ। उत्सवको जीवन्त वातावरणमा स्थानीय र यात्रुहरूलाई एकसाथ ल्याउन कार्यक्रम सेट गरिएको छ ।’

 

यस्ता छन् महोत्सवका मुख्य आकर्षण :
 

१. सांस्कृतिक उत्सव : नेपालको समृद्ध सांस्कृतिक सम्पदा झल्काउने परम्परागत र समसामयिक नृत्य, संगीत र नाटकको उत्सव 

२. कान्तिपुर कला : ठमेल र काठमाडौंको कलात्मक खभावको सारलाई समाने स्थानीय कलाकारहरूद्वारा कला प्रदर्शनी र प्रत्यक्ष कला स्थापनाहरू 

३. चङ्गाहरूले भरिएको आकाश : ठमेलको आकाशमा स्वतन्त्रता र सृजनात्मकताको प्रतीक चङ्गाहरूको प्रदर्शन 

४. सात घुम्तीको स्वादिष्ट यात्रा : स्थानीय र अन्तर्राष्ट्रिय परिकारहरू सहितको ठमेलको उत्कृष्ट स्वादका खानाको यात्रा

५. मुए थाईको टाइटन्स : ठमेलको मुटुमा मय भाई खेलाडीहरूले आफ्नो सीप प्रदर्शन गर्दै मार्शल आर्टको रोमाञ्चक प्रदर्शन

६. सांगीतिक दबू : समकालीन बीटहरूसँग परम्परागत ध्वनिहरू मिसाउने लाइभ संगीत स्टेज

७. ट्याटु उत्साहीहरूका लागि एउटा अनुपम अनुभव, स्थानीय ट्याटु कलाकारहरूको कलात्मकता र ठमेलमा शरीर कला संस्कृतिलाई हाइलाइट गरिने
 

 

प्रतिकृया दिनुहोस