• बिहीबार-असोज-३-२०८१

एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकामाथि अफगानिस्तानको पहिलो जित

 

काठमाडौँ । अफगानिस्तानले दक्षिण अफ्रिकालाई एकदिवसीय क्रिकेटमा पहिलो पटक पराजित गरेको छ । जारी एकदिवसीय सिरिजको पहिलो खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको हो ।

 

दक्षिण अफ्रीकाले दिएको केवल १०७ रनको लक्ष्य पछाएको अफगानिस्तानले २६ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले ३३.३ ओभरमा अल आउट हुँदै केवल १०६ रन बनाएको थियो ।

 

यो जितपछि अफगानिस्तान २ खेलको सिरिजमा १-० ले अगाडि रहेको छ । यूएईको शारजहामा जारी सिरिजको दोस्रो खेल शुक्रबार हुदैँछ ।
 

 

प्रतिकृया दिनुहोस