बेहुली किन्ने मेला, छानेर श्रीमती किनिन्छ
बेहुली मेला अर्थात् आफूलाई मन पर्ने बेहुली किन्न पाइने यो बजार । बुल्गेरियाको स्तारा जागोर नामक ठाउँमा ब्राइड मार्केट लाग्ने गर्दछ, जहाँ पुरुषहरु आफ्नो परिवारसँग गएर बेहुली(श्रीमती) किन्ने वा रोज्ने गर्दछन् । बेहुली बजारमा राम्री देखिनका लागि युवतीहरु पनि राम्रो लुगाहरु लगाएर सजधजका साथ बस्ने गर्दछन् । मन परेको युवतीप्रति बढाबढको बोली पनि लाग्ने गर्दछ ।
युवतीको परिवारले मानेको र राम्रो पैसा दिएको खण्डमा मात्रै श्रीमती बनाउन पाइन्छ । बुल्गेरियाको कलेदजी समुदायमा यो प्रचलन रहेको छ । यो प्रथा शतकौंदेखि चल्दै आएको बताइन्छ । यो समुदायका युवतीलाई पुरुषसँग डेटिङ गर्न अनुमति छैन । केवल खरिद बिक्री गरेर विवाह गर्ने प्रचलन रहेको छ । (साँघु साप्ताहिक, २०८१ भदौ २४)

प्रतिकृया दिनुहोस