• बुधबार-माघ-२-२०८१

हरियो चनाका अनेक फाइदा

 

हरियो चना उमालेर खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसमा हुने पोषकतत्वले शरीरका कयौं समस्याहरु निराकरण गर्दछ । हरियो चनामा क्याल्सियम, फाइबर, एन्टीअक्सिडेन्ट, एन्टीब्याक्टेरियल, म्याग्नेसियम तथा फोस्फोरसजस्ता पोषकतत्वहर हुने गर्दछ, जसले शरीरमा रोगहरुविरुद्ध लड्ने क्ष्ँमताको विकास गर्दछ । 


–हरियो चनाको सेवन पेटका लागि फाइदाजनक मानिन्छ । यसमा फाइबर हुने गर्दछ, जसले पाचन प्रणाली राम्रो बनाउन मद्दत गर्दछ । कब्जियत, अपच र ग्यासजस्ता समस्याहरुबाट बच्न यसले मद्दत पु¥याउँछ । 


–हरियो चना उमालेर खानाले तौल घटाउन सकिन्छ । साथै, यसले मेटाबोलिजम राम्रो बनाउन मद्दत गर्दछ ।


–चनाले शरीरमा प्रतिरक्षा विकास गर्न मद्दत गर्दछ । यसमा भिटामिन ए तथा भिटामिन सी हुने गर्दछ, जसले प्रतिरक्षा रामैो बनाउँदछ । 

 

–चना उमालेर खानाले रक्तचाप पनि नियन्त्रणमा राख्न सकिन्छ । हरियो चनामा म्याग्नेसियम र पोटासियम प्रशस्त मात्रामा हुने गर्दछ, जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्दछ । 


–हरियो चनाले कपाल पनि बलियो बनाउन मद्दत गर्दछ । यसमा प्रोटिन हुने गर्दछ, जसले कपाललाई बलियो र बाक्लो बनाउन मद्दत गर्दछ । (ओन्लीमाई हेल्थ डटकमबाट) (साँघु साप्ताहिक, २०८१ भदौ २४)

प्रतिकृया दिनुहोस