• बुधबार-माघ-२-२०८१

आरएकाे जहाज नियमित सि चेकपछि नेपाल फर्कियाे

काठमाडाैं ।  नेपाल वायुसेवा निगमको वाइडबडी  जहाज 9N- ALY (अन्नपूर्ण) को नियमित सि चेकको मर्मत पश्चात् European Aviation Safety Agency (EASA) र  Federal Aviation Administration (FAA) बाट मान्यता प्राप्त युरोपेली मुलुक इटलीको  Maintaiinance and Overhaul organization - MRO कम्पनी Attitech ले अन्तर्राष्ट्रिय बिधिसम्मत प्रकृया पूरा गरि सि चेकको मर्मत संभार कार्य गरि Certificate of Release to Service (CRS) प्रदान गरेको छ र उक्त जहाज  २०८१ भदाै २७ गते  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेको नेपाल वायुसेवा निगमले जानकारी दिएकाे छ ।

नेपाल वायुसेवा निगमका अनुसार,  उक्त MRO बाट CRS प्राप्त भए पश्चात् नेपालको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक  अनुमतिको लागि बिधिसम्मत प्रकृयाहरु पूरा गरि अनुमति दिए पश्चात् आज १२ सेप्टेम्बर, २०२४ तारिक बिहान ८:३६ बजे काठमाडौंमा अबतरण गरेको छ।


 नेपाल वायुसेवा निगमका अनुसार, यो सँगै लामो दुरीको जापान र अन्य अन्तर्राष्ट्रिय उडानमा ३ ओटा जहाजहरुले उडान भरी यात्रुहरुलाई थप सेवा दिने विश्वास गरिएको छ ।

प्रतिकृया दिनुहोस