उपसभामुख इन्दिरा रानालाई हटाउने विषय, देउवाकाे दाँतमा ढुंगा !!
काठमाडाैं । उपसभामुख इन्दिरा रानालाई हटाउने विषयमा काग्रेसका नेता शेखर कोइराला र जनमत पार्टीका अध्यक्ष सीके राउत दाँतमा ढुंगा लागेजस्तो भइदिएका छन् ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवावीच रानालाई हटाउन सहमति जुटेको थियो । उक्त सहमति अनुसार रानालाई हटाएर कांग्रेसले उपसभामुख लिने र संवैधानिक परिषद् मा एकजना सदस्य थप्ने कांग्रेसको नीति रहेको छ ।
अहिले संवैधानिक परिषद् मा कांग्रेसनिकट एकजना पनि छैनन् । त्यसैले कांग्रेस सभापति देउवाले रानालाई हटाएर आफ्नो मान्छे ल्याउन सहमति जनाएका हुन् । तर, देउवालाई अप्ठ्यारोमा पार्न नेता शेखर कोइरालाले पार्टीभित्र असहमति जनाएको खबर छ ।
पार्टी र सरकारको प्राथमिकता नै उपसभामुख फेर्ने विषय होइन, अरु महत्वपूर्ण कुरा छोडेर यसो गर्न नहुने भन्दै कोइराला र उनी निकट नेता र सांसदले पार्टीभित्र आवाज उठाएका छन् ।
हिजोको शेखर कोइरालाले संसदीय दलको बैठकमा पनि सहभागी भएका थिएनन् । उनी संसदीय दलको बैठकमा सहभागी नभई सिंगापुर गएका छन् । आँखाको उपचारका लागि सिंगापुर गएका कोइरालालेको असहमतिले देउवालाई अप्ठ्यारोमा पारेको स्राेत बताउछ ।
यता, जनमतका सीके राउतले पनि उपसभामुखलाई हटाउने कुरा अनुचित भएको अभिव्यक्ति दिएका छन् । सत्ता गठबन्धनमा भएर पनि सहमति जनाउने संभावना भने छ । राउतले सार्वजनिक रुपमा असहमति जनाए पनि भित्री रुपमा मतदान गर्ने संभावना रहेको स्राेतकाे दावी छ ।
मतदान नगर्ने हो भने मधेशको मुख्यमन्त्री नै छोड्नुपर्ने पनि हुनसक्छ । त्यसैले दबाबमा परेका राउतले मतदान गर्दा उपसभामुख रानलाई महाअभियोग लगाउने संख्या पुग्छ ।
तर, कांग्रेसभित्रको विद्रोही समूहको व्यवस्थापन कसरी हुन्छ ? भन्ने चाहिँ चासोको विषय बनेको छ । अहिलेको सरकार बनाउने प्रक्रियामै असहमत रहेका समूहले उपसभामुख रानालाई हटाउन पनि असहमति जनाएमा कांग्रेसभित्र चाहिँ विद्रोह हुने संभावना रहेको छ ।
कांग्रेसभित्रको त्यही लफडाका कारणले प्रधानमन्त्री ओलीले हिजो २०८१ भदाै २६ गते बेलुका बोलाएको संवैधानिक परिषद्को बैठक पनि स्थगित गरेका छन् ।

प्रतिकृया दिनुहोस