छाती पोल्ने समस्यामा के गर्ने ?
मसालेदार भोजनले छाती पोल्ने समस्या हुनसक्छ । छातीमा जलन हुनुका अनेक कारणहरु पनि हुन सक्छन् । पेटमा ग्यास भरिने र अन्य पेटसँग सम्बन्धित समस्याका कारण छाती पोल्ने हुन सक्छ । यस्तो अवस्थामा यस्ता केही उपाय अपनाएर राहत प्राप्त गर्न सकिन्छ । पोषणविद्का अनुसार छातीको जलन कम गर्न केरा, सौंफ तथा अदुवाको सेवन गर्न सकिन्छ । यसमा हुने पोषकतत्वले यस्तो समस्यामा राहत दिनसक्छ ।
– केरामा नेचुरल एन्टासिड हुने गर्दछ, जसले छातीको जलन बाहेक पेटको दुखाई र अपचजस्तो समस्यामा पनि राहत प्रदान गर्दछ ।
– सौंफले पनि छातीको जलन कम गर्न मद्दत गर्दछ । यसले पाचन प्रणाली राम्रो बनाउँछ ।
– अदुवामा एन्टीब्याक्टेरियल, एन्टीअक्सिडेन्ट र एन्टीइन्फ्लामेटरी गुण हुने गर्दछ, जसले छातीको जलन कम गर्न मद्दत गर्दछ ।
– एलोभेरा जुसको सेवनले पेटको एसिडिटी कम हुन्छ, जसले पेट र छाती पोल्ने समस्याबाट राहत दिन्छ ।
– चिसो दुधमा मह मिसाएर खान सकिन्छ । यसले पेटलाई शान्त गर्न मद्दत गर्दछ ।
तर, गम्भीर रोग या समस्या देखिएको वा महसुस भएको खण्डमा तत्काल चिकित्सकको सल्लाह लिन जरुरी हुन्छ । (साँघु साप्ताहिक, २०८१ भदौ १७)

प्रतिकृया दिनुहोस