• बुधबार-माघ-२-२०८१

प्रोटिन बढाउन खाऔं मुंगको दाल

 

शरीरलाई स्वस्थ र फिट राख्नका लागि प्रोटिन आवश्यक पर्दछ । प्रोटिनका लागि दालको सेवन उपयुक्त मानिन्छ । मुंगको दाल प्रोटिनको राम्रो स्रोत भएकाले यसको सेवन उपयुक्त हुन्छ । जानौं दाल सेवन गर्नुका फाइदाहरु : 


–शरीरमा प्राटिन बढाउनका लागि बिहान मुंगको दाल सेवन गर्न सकिन्छ । यो प्रोटिनको राम्रो स्रोत हो ।  


– मुंगको दाल खानाले शरीरलाई राम्रो मात्रामा प्रोटिन प्रदान गर्दछ । १ सय ग्राम दालमा करिब ९ ग्राम प्रोटिन हुने गर्दछ । 


– कब्जियत तथा अपचजस्तो समस्यामा बिहान मुंगको दाल खान सकिन्छ । मुंगको दाल सजिलै पाचन हुन्छ । 


– प्रोटिन तथा फाइबरयुक्त गुणले भरिपूर्ण मुंगको दाल तौल कम गर्नका लागि पनि मद्दतगार हुन्छ । यसको सेवनले कम भोक लाग्ने भएका कारण धेरै खाने समस्याबाट पनि बच्न सकिन्छ । 
– पेटका लागि पनि मुंगको दाल उपयुक्त हुन्छ । यसले पेटको स्वास्थ्य राम्रो बनाइराख्दछ । 


– बिहान मुंगको दालको सेवनले प्रोटिन पनि प्राप्त गर्न सकिने र पेटको स्वास्थ्यका लागि पनि उपयुक्त हुन्छ । (साँघु साप्ताहिक, २०८१ भदौ १७)
 

प्रतिकृया दिनुहोस