• आइतबार-जेठ-१८-२०८२

पर्यटन विभागको महानिर्देशक को बन्ला ?

 

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले आफ्नै प्रदेशबासी सहसचिव डा. नारायण रेग्मीलाई पर्यटन विभागको महानिर्देशक बनाउने सुरसार कसेको चर्चा छ । २०८१ साउन ३१ मा सहसचिव रेग्मीलाई मन्त्रालय भित्र्याएपनि अझै महानिर्देशकको जिम्मेवारीमा भने खटाउन सकिरहेका छैनन् । सहसचिव रेग्मी मन्त्रालयमा सरुवा भएपनि उनी विदेश भ्रमणमा रहेकोले मन्त्रालयले पर्यटन विभागमा खटाउन अलमल गरेको स्रोतले जानकारी दिएको छ । मन्त्रालयका प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी भने सहसचिव रामकृष्ण लामिछाने पाएका छन् ।

 


सहसचिव रेग्मीलाई मन्त्री पाण्डेले विभागको महानिर्देशकमा खटाउने तयारी भने भित्रभित्रै गरेतापनि निर्णय भने गर्न सकेका छैनन् । उनी विदेशबाट फर्किनासाथ विभागको महानिर्देशककोे जिम्मेवारी दिएर पठाउने गरी टिप्पणी तयार गरिएको छ । यसअघि प्र्रशासन महाशाखा प्रमुख रहेका सहसचिव हेमराज तामाङलाई सरुवा गरेर नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा निकट सहसचिव छामिछानेलाई भित्र्याइएको थियो ।

 


 पर्यटन विभागको कमजोरीका कारण काठमाडौंमा सञ्चालित पाँचवटा क्यासिनोले वर्षाैंदेखि नवीकरण नगरी, वार्षिक रुपममा रोयल्टी, जरिवाना भुक्तानी गर्न आनाकानी गर्दै आएका छन्  । तीन अर्ब भन्दा बढी राजस्व बक्यौता भुक्तानी नगरेर कर छलि र चुहावट गरिरहेका छन् ।

 


तर, विभागको नेतृृत्वले त्यस्ता क्यासिनोहरूलाई बन्द गराएर सरकारी राजस्व, नवीकरण दस्तुर, रोयल्टी र बक्यौता जरिवाना असुलउपर गर्न नसकेको स्रोतले बताएको छ । न त क्यासिनोहरूमा कडाइकासाथ अनुगमन गरेर नेपाली नागरिकहरूलाई प्रवेश निषेध नै गर्न सकेको छ । अहिले नेपालका क्यासिनोहरूमा २५ प्रतिशत विदेशी र ७५ प्रतिशत नेपाली नागरिक भेटिने गरेका छन् । विभाग, मन्त्रालय र प्रहरी प्रशासनको मिलेमतोमा नेपाली नागरिकहरूलाई क्यासिनो प्रवेशमा खुला गरेर करोडौ घुस रकम उठाउने गरिएको गुनासो बाहिर आउने गरेका छन् ।

 


यसअघि नवीकरण दस्तुर, रोयल्टी र जरिवाना नबुझाउने क्यासिनोहरूलाई बन्द नगराइ सञ्चालन गर्न छुट दिएर विभागका महानिर्देशहरु मन्त्रालयका सचिव र मन्त्रीले करोडौं रकम आफनो खल्तीमा लैजाने गरेको स्रोतले बताएको छ । मन्त्री पाण्डेले विगतमा भएका यस्ता कमी कमजोरीहरुलाई सच्याएर अगाडि बढ्ने तत्परता देखाउन सकिरहेका छैनन् । आफूलाई ट्रेड युनियन कांग्रेसका नेता, मजदुर लिडर बताउने क्यासिनो माफिया गोरखाबाट निर्वाचित नेपाली काँग्रेसका सांसद पनि आफू अनुकूलको महानिर्देशक बिभागमा लगेर हालीमुहाली चलाउन लागि पर्दै आएको चर्चा छ ।


 

प्रतिकृया दिनुहोस