नागोया । जापानको नागोयामा चर्चित नेपाली गायिका त्रिशला गुरुङ र ‘द कोलाब ब्याण्ड’ ले प्रस्तुति दिने भएका छन् । तमु धी नागोया जापानको आयोजनामा प्रथम नागोया रोधी साँझ आयोजना हुन लागेको हो ।
जापान मनि एक्सप्रेसलगायतका विभिन्न संस्थाहरुको सहकार्यमा आगामी अगस्ट १२ (साउन २८, २०८१) मा नागोया सि नाकु, ओसुस्थित नागोया इन्टरनेशनल लिजेण्ड हलमा आयोजना हुन लागेको लाइभ म्यूजिकमा स्थानीय कलाकारहरुले समेत प्रस्तुति दिने कार्यक्रम रहेको छ । गायिका त्रिशला गुरुङले माया पिरति, माया मन भरी, रेललै मा, गाइने दाजैले जस्ता चर्चित गीत गाइसकेकी छिन् ।
सीमित टिकटहरु बाँकी रहेकाले अन्नपूर्ण रेस्टुरेन्ट चिकुसा र हिमालयन स्पाइस हाउस नागोयामा सम्पर्क गर्न आयोजकले आग्रह गरेका छन् ।
प्रतिकृया दिनुहोस