• शनिबार-बैशाख-१३-२०८२

काभा नेसन्स लिग आजदेखि


काठमाडौं । काभा नेसन्स लिग भलिबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । 

 

प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा हुने उद्घाटन खेल दिउँसो सवा ३ बजेबाट सुरु हुनेछ । 
आजै हुने दोस्रो खेलमा भारत र इरान खेल्नेछन् । सो खेल आज साँझ पौने ६ बजे सुरु हुनेछ । 


लगातार दोस्रो पटक घरेलु मैदानमा काभा नेसन्स लिग खेल्न लागेको नेपाली टोली उच्च मनोबलमा छ । लिगको दोस्रो खेलमा नेपालले १९ गते शनिबार भारतसँग, साउन २० गते आइतबार इरान र लिग चरणको अन्तिम खेलमा साउन २१ गते सोमबार मालदिभ्ससँग खेल्नेछ । 


पाँच टोली सहभागी लिगको शीर्ष स्थानमा रहने चार टोलीले सेमिफाइनल खेल्नेछन् ।
 

 

प्रतिकृया दिनुहोस