• आइतबार-भदौ-२३-२०८१

हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली


काठमाडौँ, ११ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको हिल्टन होटलले विदेशी पर्यटक बढाउन सहयोग गर्नेमा विश्वास व्यक्त गर्नुभएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार होटल हिल्टन काठमाडाैँकाे उद्धघाटन गर्दै । तस्बिरः किरणराज विष्ट÷रासस
 

नक्सालमा निर्माण भएको हिलटन होटलको शुभारम्भ गर्दै उहाँले अन्तर्राष्ट्रिय चेन होटल हिलटनले काठमाडौँमा पहिलो पटक सेवा सुरु गरेको उल्ल्ख गर्दै सफलताको शुभकामना समेत दिनुभयो । “हिलटन होटल सञ्चालनमा आएपछि मुलुकको पर्यटन तथा आतिथ्य क्षेत्रमा महत्वपूर्ण योगदान गर्नेमा विश्वास छु”, उहाँले भन्नुभयो । 

नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसन शुक्रबार होटल हिल्टन काठमाडाैँकाे उद्धघाटन कार्यक्रममा मन्तव्य राख्दै । तस्बिरः किरणराज विष्ट÷रासस
 

उक्त होटल शङ्कर ग्रुपले रु आठ अर्ब लगानीमा निर्माण गरेको हो । सात वर्षअघि निर्माण सुरु भएको हिलटन होटलमा एक सय ७४ रुम छन् । अन्तर्राष्ट्रिय चेन होटल हिलटन विभिन्न २४ वटा ब्राण्डमा सञ्चालित छ । हाल हिलटनका ब्राण्ड विश्वका १२६ देशमा फैलिएको छ । 
---

 

 

प्रतिकृया दिनुहोस