• आइतबार-भदौ-२३-२०८१

काँचो मेवा खानुका फाइदा जानौं 

 

काँचो मेवा औषधीय गुणले भरिपूर्ण हुन्छ र खानलाई पनि स्वादिलो हुन्छ । काँचो मेवामा भिटामिन ए, सी र बी, प्रोटिन, फाइबर, म्याग्नेसियम, जिंक, बिटा क्यारोटिन, फोलेट, पोटासियम, लाइकोपिनजस्ता शरीरलाई फाइदा हुने तत्वहरु हुने गर्दछ । 


–पाचनतन्त्र बलियो बनाउनका लागि काँचो मेवाको तरकारी खान सकिन्छ । यसमा हुने औषधीय गुणले ग्यास, कब्जियत र अपचजस्तो समस्यामा राहत प्रदान गर्दछ । 


–तौल घटाउनका निम्ति पनि काँचो मेवा फाइदाजनक मानिन्छ । यसको सेवनले मेटाबोलिज्म बुस्ट हुन्छ र फ्याट कम गर्न पनि मद्दत गर्दछ । 


– काँचो मेवाको सेवनले चाउरीपना घटाउन मद्दत गर्दछ । यसमा एन्टीअक्सिडेन्ट हुने गर्दछ जसले छालालाई उज्यालो बनाउन मद्दत गर्दछ । 


–काँचो मेवा मधुमेहका बिरामीका लागि पनि उपयुक्त हुनछ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रित गर्न मद्दत गर्दछ । 


तर, कसैलाई काँचो मेवाको सेवन एलर्जी पनि हुन सक्दछ, त्यसैले त्यस्ता व्यक्तिले यसको सेवन गर्दा ध्यान दिनुपर्दछ । (साँघु साप्ताहिक, २०८१ साउन ७)
 

प्रतिकृया दिनुहोस