• आइतबार-भदौ-२३-२०८१

डा राकेशको ‘मिथिलाका महान् चाडपर्व’ लोकार्पण


काठमाडौँ, १० साउन । वरिष्ठ लेखक तथा समालोचक डा रामदयाल राकेशको कृति ‘मिथिलाका महान् चाडपर्व’ आज एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ  

 

यहाँ आयोजित लोकार्पण कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, इतिहास तथा पुरातत्व विभागका पूर्वप्रमुख सोमप्रसाद खतिवडाले मिथिलाका दसैँ र बट सावित्रीलगायतका संस्कृतिबारे कृतिमा राम्रोसँग व्याख्या गरिएको बताउनुभयो । उहाँले कृत्तिले मिथिला पर्व र सम्पूर्ण मिथिला बुझाउन सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो । 

 

राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले मैथिली, नेपाली र अङ्ग्रेजी भाषामा समान रूपले कलम चलाउँदै आउनुभएका डा राकेशले मैथिली समाज र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन महत्वपूर्ण योगदान दिनुभएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाल भूमिमा सबै भाषाको साहित्यलाई सहर्ष स्वीकार गरिएको छैन । यदि स्वीकार गरिन्थ्यो भने डा राकेशले मदन र जगदम्बा जस्ता पुरस्कार पाइसक्नुहुन्थ्यो ।”

 

सिमल बुक्स पब्लिकेशनका अध्यक्ष कमल ढकालले लेखक डा राकेशको जन्मदिनका अवसरमा कृति लोकार्पण गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो । लेखक राकेशले उक्त कृति र यसभित्रको विषयवस्तुलाई पाठ्यक्रममा समावेश गर्नुपर्ने धारणा राख्नुभयो । 

 

कार्यक्रममा बद्री मास्के, नेपाल प्रज्ञा प्रतिष्ठानका पू्र्वसचिव जीवेन्द्रदेव गिरीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । लेखकले यसअघि ‘फोक कल्चर अफ नेपाल’ कृति ल्याइसक्नुभएको छ । 
---

 

 

प्रतिकृया दिनुहोस