• आइतबार-भदौ-२३-२०८१

पेरिस ओलम्पिक भिलेजमा खाना नपाएको खेलाडीको गुनासो

 

काठमाडौँ । पेरिस ओलम्पिक भिलेजमा खाना नपाएको गुनासो गरेका छन् ।  फ्रान्सेली अखबार 'एल इकाइपका अनुसार खेलाडीले ओलम्पिक भिलेजमा खानेकुरा र पेय पदार्थसँग सम्बन्धित गुनासो गरेका छन् ।

 

मिडिया रिपोर्टमा ओलम्पिक प्रतियोगीहरूले बुधबार खानाको मात्रा, विशेष गरी अण्डा र ग्रिल गरिएको मासु पर्याप्त नभएको बताएको उल्लेख गरिएको छ । पेरिस ओलम्पिक भिलेजमा आधिकारिक खानपान साझेदार सोडेक्सो लाइभले निश्चित उत्पादनहरूको उच्च माग रहेको पुष्टि गरेको छ । खेलाडीको आवश्यकतालाई ध्यानमा राखेर परिमाण बढाइने उसले बताएको रिपोर्टमा उल्लेख छ ।

 

ओलम्पिक भिलेजमा ओलम्पिक र पारा ओलम्पिक प्रतियोगितामा हरेक दिन ४० हजारलाई खान खुवाउने गरेको छ । ओलम्पिकका लागि खाना र पेय पदार्थ आपूर्ति गर्ने क्यारेफोर समूहका प्रवक्ताले भने, ‘सुरुमा खाद्यवस्तुको मात्रा बढाउन निर्देशन दिइएको थियो । हामी यो मात्रा पूरा गर्न सक्षम छौं । विश्वभरका १५,००० खेलाडीका लागि खानाको व्यवस्था गर्नु ठूलो काम हो ।'

 

औपचारिक रुपमा शुक्रबारदेखि ओलम्पिक रु हुने भएपनि त्यस अघि नै बुधबारदेखि फुटबलसहित अन्य खेलहरु सुरु भएका छन् ।

 

 

प्रतिकृया दिनुहोस