• आइतबार-भदौ-२३-२०८१

कामनै नगरी वडा अध्यक्षले दिए कार्य सम्पन्नको सिफारिस !

 

सिरहा १० साउन । सिरहाका एक वडा अध्यक्षले व्यवसायीसँगको मिलेमतोमा योजनाको काम समपन्न नै नगर भुक्तानिकोलागि कार्य समपन्नको सिफारिस गरिएको पाइएको छ ।

 

जिल्लाको गोलबजार नगरपालिका वडा नम्वर ४ का वडाअध्यक्ष सकलदेब यादबले सडकबत्ती जडान, सिसिटिभि क्यामेरा जडानको काम सम्पन्न  नै नगरी कार्य समपन्नको सिफारिस गरिएको पाइएको हो । 

 

आर्थिक वर्ष २०८०÷०८१ को वडा स्तरीय योजनालाई अन्तिम समयमा संशोधन गरेर वडा अध्यक्ष यादवले  एक सय ६० थान सडकवती खरिद तथा जडान कार्यकोलागि १० लाख रुपैयाँ बिनियोजन गरिएको थियो । 

 

असार मसान्तमा रकम हिनामिना गर्नकै लागि थ्री ब्रदर्श धनगढिमाईसँग २० प्रतिशत कमिसनमा कोटेसन मार्फत काम गराएको एक व्यबसायीले नै बताए । यो मात्र होइन अरु पनि धेरै योजनाहरु सम्पन्न नगरी उनले कार्यसम्पन्नताको सिफारिस दिनाले पनि वडा अध्यक्ष र व्यसायीवीच आर्थिक सेटिङको पुष्टि हुन्छ । 

 

वडा अध्यक्ष यादवले कमिसनकै लागि अन्तिम समयमा योजना संशोधन गरी कोटेसनमा काम गराएको वडा नम्वर ४ का रविन्द्र साहले बताए । उनले भने, ‘उपभोक्ता समितिले पनि गर्न सक्ने योजनाहरुलाई कमिसनकै लागि टुक्रा-टुक्रा बनाएर कोटेसनमा दिएको हो । यो समान्य मानिसले पनि त्यसै भन्न सक्छ ।’ काम सम्पन्न नगरी व्यसायीसँगको मिलेमत्तोमा भुक्तानीको लागि कार्यसम्पन्नताको सिफारिस दिनु गैर कानुनी भएको कर्मचारीहरु बताउँछन् ।

 

सडक मर्मत, डष्टविन गरिद, कन्टेनर ट्रली खरिद, चापाकल टुवेल जडानजस्ता कार्यहरु कोटेसनमा लागाएको छ। कोटेसनमै लगाएका कामहरुपनि सम्पन्न भइनसक्दै उनले भुक्तानीको लागि कार्यसम्पन्नको सिफारिस गरेको बताइन्छ। 

 

तर, वडा अध्यक्ष यादवले  काम सम्पन्न भएपनि नगरले भुक्तानी नगरेको भन्दै सामाजिक सञ्जालमै दुखेसो पोखेका थिए । उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् ‘गोलबजार वडा नं ४ को २८ वटा उपभोक्ता समिति र कोटेसन मार्फत, मध्ये यस आथिर्क मसान्त मा २ वटा को रकम मात्र भुक्तानी भएको छ, अन्य १८ नम्बर, धन्यवाद छ नगर प्रमुख ज्यु र तपाईँको असल प्रशंसनीय कार्यलाई ।’

 

यता, सडक वत्तिको काम सम्पन्नताको कामको बारेमा आफूलाई कुनै जानकारी नै नआएको प्रमुख प्रशासकिय अधिकृत श्रीधर केसीले जनाए । प्रमुख केसीले वडा अध्यक्षले असार २४ गते फाइल लिएर आउनु भएको सुनेको थिएँ, तर भुक्तानीको विषयमा मैले पनि बुझ्नु पर्ने बताए । 

 

काम सम्पन नै नगरी भुक्तानीको लागि सिफारिस गर्न मिल्छ ? भनी जिज्ञासा राख्दा प्रमुख प्राशासकीय अधिकृत केसीले कार्य सम्पन्न नै नगरी कार्य सम्पन्नताको सिफारिस दिनु नै गैर कानुनी हो । वडाले सिफरिस गरेको छ भने वडा अध्यक्षले कानुनको खिल्ली उडाएको हो ।’ 

 

वडाले १० लाखको लागतमा १६० थान सडकवती जडान गर्ने भनी योजना विनियोजन गरिएको ४ नम्बरका वडा अध्यक्ष सकलदेव यादवले जनाएको छ । उनले, ‘काम छिटो सकाउन उपभोक्ता समिति गठन नगरेर कोटेसन मार्फत नै गराए पनि समयमा काम हुन नसकेको स्वीकार गरेका छन् । काम अहिलेपनि जारी नै छ । ठेक्केदारलाई छिटै  सकाउन भनेको छु ।’ 

 

काम सम्पन्न नै नगरी रकम निकासा गरिएको बारे जिज्ञासा राख्दा वडा अध्यक्ष यादवले रकम निकासा नभएको दावी गरे । उनले, ‘रकम निकासा गरिएको छैन । समयमा कार्य सम्पन्न नभएकोले कार्य सम्पन्नता सिफारिस गरी फाइल १८ नम्वरमा राखिएको उनको जिकिर छ ।’ 

 

असार मसान्तमा ९० प्रतिशत कार्य सम्पन्न भैईसकेको योजनाको फाइल १८ नम्वरमा जाने गरेको जानकारहरु बताउँछन् । तर काम नै नगरेको फाइल भुक्तानीको लागी कार्य सम्पन्नताको सिफारिस गर्नु नै कानुनलाई लत्याउनु सरह भएको उनीहरुको भनाइ छ ।

 

 

प्रतिकृया दिनुहोस